प्रतिनिधिसभाको बैठक फेरि स्थगित, गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने माओवादी निर्णय
काठमाडौं । प्रतिनिधिसभाको आज बैठक पनि सूचना टाँस गरेर स्थगित भएको छ । एमसीसी सम्झौतााथि सैद्धान्तिक छलफलको कार्यसूची रहेकोमा विहीबार माओवादीले मतविभाजन मागेर सरकारको प्रस्ताव असफल बनाउने सूचना पाएपछि प्रधानमन्त्रीले स्थगित गराएका थिए ।
नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गरेको हो ।
सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्नि सापकोटासँग छलफल गरेका छन् । दुईजनाको छलफलपछि संसद बैठक स्थगित गरिएको बताइएको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ। शुक्रबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो ।
खुमलटारमा भएको पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिन अध्यक्ष प्रचण्डले एक नेतालाई बालुवाटार पठाएका छन् । एमसीसीमा भने माओवादीले आफनो पुरानै अडान यथावत राखेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष प्रचण्ड, #एमसीसी, #प्रतिनिधिसभा
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्