भ्यालेन्टाइन्स् डे का लागि करिव एक करोड रुपैयाँको गुलाब आयात
काठमाडौं । सोमबारको भ्यालेन्टाइन्स् डे अर्थात प्रणय दिवसका लागि झण्डै एक करोड रुपैयाँ बराबरको गुलाब आयात गरिएको छ । प्रणय दिवसमा गुलाबको फूल उपहार दिने चलन रहेकाले आजको दिन गुलाबको धेरै कारोबार हुने गरेको छ । तर, हरेक वर्ष गुलाबको माग बढ्दै गए पनि स्वदेशमा उत्पादन नबढ्दा भारतको भर पर्नु पर्ने अवस्था छ ।
यसपालि ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए । कोरोना महामारीका कारण यसपालि पुष्प व्यवसायमा असर परेकाले आयात बढेको छ । कोरोना महामारी अघि मागको २० प्रतिशत गुलाब नेपालमा नै उत्पादन हुने गरेको थियो ।
८० प्रतिशत भारतबाट आयात हुन्थ्यो । तर, महामारीका कारण भएको लकडाउनका बेला गुलाबका धेरै बिरुवामा समयमानै मलजल हुन नपाएकाले आधा भन्दा धेरै बिरुवा मरेको उनले बताए । कोरोनाकै कारण पुष्प व्यवसायी घाटामा गएकाले थप लगानी हुन नसक्दा यसपालि गुलाबको आयात बढेको हो । प्रणय दिवसमा २ लाख ३० हजार वटा गुलाबका फूल कारोबार हुने अनुमान छ ।
क्याटेगोरी : अर्थ, जीवनशैली, प्रमुख समाचार, समाचार
ट्याग : #भ्यालेन्टाइन्स् डे
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्