Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार केसीले लिए पद तथा गोपनियताको शपथ


काठमाडौं । कृषि बिकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार के.सीले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष केसीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । नेपाल सरकारको विभिन्न निकायमा रहि महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हासिल गरेका केसीले सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पाएका छन् ।

उनी हाल अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन् । सपथ समारोहमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरु क्रमशः डा. निलम ढुंगाना तिम्सेना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्टको सहभागिता थियो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा, कृषि विकास बैंकका संचालक समिति सदस्यसंजिव पौडेल, डा.इन्दिरा मास्के श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलको सहभागिता थियो । उनीहरुले केसीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।


क्याटेगोरी : अर्थ, जीवनशैली, प्रमुख समाचार, समाचार
ट्याग : #रमेशकुमार के.सी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं