रुकुमपश्चिमको मुसीकोटमा जन्ती बस दुर्घटना हुँदा २५ जना घाइते

काठमाडौं । रुकुम पश्चिमको मुसीकोट नगरपालिका २ को बरेलीबजार नजिकै जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर २ को पिपलमा जन्ति लिएर गई मुसीकोट नगरपालिका १ को घिमाने तर्फ फर्किदै गरेको ग १ ख २१०९ नम्बरको बस दुर्घटना भएको हो ।
घाईतेलाई उद्धार गरेर जिल्ला अस्पताल सल्लेमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पानी परेका कारण सडक चिप्लो भएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । बस सडकबाट १ सय मिटर तल खसेकाे छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्