Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

सकियो क्रिस्टल बचत तथा ऋण सहकारीको १२ औं साधारणसभा (फोटो फिचर)


ललितपुर । ललितपुर महागरपालिका वडा नम्बर २७ स्थित क्रिस्टल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२ औं वार्षिक साधारणसभा सकेको छ । शनिबार सहकारीले आर्थिक बर्ष २०७७/०७८ को प्रगति समिक्षा तथा चालु आर्थिक वर्ष २०७८/०७९ नीति, कार्यक्रम तथा बजेट तर्जुमा र कार्यान्वयन रणनीतिसहित साधारण सभा सकेको हो ।

साधारण सभामा प्रमुख अतिथि रहेका चतुर्भुजेश्वर बचत तथा ऋण सहकारीका अध्यक्ष अरुण मर्हजनले नीति र विधिलाई आत्मसात गर्दै सदस्यहरू मैत्री सेवा प्रवाहसँगै साकोस अभियानको महत्वपूर्ण भूमिका निर्वाह गर्न शुभकामना दिएका थिए ।

सहकारीको साधारण सभामा उपस्थित सहकारीकर्मी विक्रम महर्जन र सागर महर्जनले सहकारीको मर्म र भावना अनुसार बिवादरहित रुपमा अघि बढ्न शुभकामना दिए ।

सहकारीले सेयर सदस्य बढाउने, उनीहरुलाई सहुलियत ऋण मार्फत आवश्यकता टार्न सहयोग गर्नेदेखि संस्थाको बृद्धि विकासमा विशेष ध्यान दिने संकल्प समेत गरेको छ ।


क्याटेगोरी : अर्थ, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #क्रिस्टल बचत तथा ऋण सहकारी संस्था लिमिटेड

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं