डेढ महिनामा ९ सय ८१ जना जुवाडे पक्राउ,जुवाखालबाट करोडौं बरामत

काठमाडौं । जुवातास बौदिक खेल हो वा अपराध अहिलेसम्म पनि निश्चित हुन सकेको छैन । सर्वोच्च अदलातबाट आएको एउटा फैशलाले बौद्धिक खेलका रुपमा ब्याख्या गरेपनि चाडपर्वको समयमा लाखौँ लाख हारजित हुनेगरि भएका जुवातासका खालमाथी प्रहरीले निगरानी बढाउँदैआएको छ । ठूलो हारजित हुनेगरि खेलिएका जुवाखालमाथीको अप्रेसनमार्फत गएको असोज १ देखी कार्तिक १९ गतेसम्म मात्रै देशका १ सय बढी स्थानबाट ९ सय ८१ जना पक्राउ परेका छन् ।
यसरी पक्राउ गरिएका मध्येपनि २६ वडा जुवातासका खाल काठमाडौं उपत्यका भित्रैका छन् । आखिर चाडपर्वसँगै प्रहरीले किन जुवातास बिरुद्धको अप्रेसनलाई तिब्रता दिदैआएको छ त ? प्रहरीले देशभर चलाएको जुवातास अप्रेसनको एकमहिने अभियानबाटै करिब २ करोड नगद जफत गरिएको छ । जुवाखालमा विवाद हुँदा ३ जना घाइते भएका छन् ।
पछिल्ला तीन दिनमा चलाइएका जुवा तास विरुद्धका अप्रेशन र पक्राउ विवरण
कार्तिक १७ गते बुधबार– शुक्ला गण्डकी न.पा ८ ढोरफेदी लालीम बस्ने बिल ब.गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ लाख ११ हजार ४०५ सहित २९ जना पक्राउ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका २ तातोपानी स्थित तातोपानीईन होटलबाट बुधबार जुवा (तास) खेलिरहेको अवस्थामा १५ लाख २४ हजार ७० नगद सहित ११ जना पक्राउ
कार्तिक १८ गते बिहिबार – बौद्धस्थित नयाँ बस्तीस्थित सागर लामाको डेरामा कौँडा खेलिरहेको अवस्थामा नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामासहित १८ जना ६ लाख ३२ हजार ५ सय नगदसहित पक्राउ ।
गोरखा नगरपालिका–८ चाइनिजधाराको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा बिहिबार राती १ लाख १ हजार ८ सय नगदसहित ९ जना पक्राउ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका आठ कबडहलका ६३ वर्षका गोबिन्दबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा बिहीबार राति एक लाख ७२ हजार चार सय ५० रुपैयाँसहित छ जना पक्राउ
कपिलबस्तुको बाणगंगा नगरपालिका–दुइ लेखबेशी होटलमा जुवा खेलिरहेको अवस्थामा होटल संचालक स्थानीय ३३ वर्षका रमेश भट्टराईसहित १२ जना ७६ हजार सात सय ४५ रुपैयाँ नगदसहित पक्राउ
रुकुम पश्चिम, मुसिकोट नगरपालिका १ मठ बस्ने ४३ वर्षीय उत्तम खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा एक लाख आठ हजार दुइ सय ९० रुपैयाँ सहित ५ जना पक्राउ
कार्तिक १९ गते शुक्रबार
कपिलबस्तुको बाणगंगा नगरपालिका एकस्थित किशोरजंग पुनको घरमा जुवा खेलिरहेको अवस्थामा शुक्रबार बिहान पाँच लाख ४२ हजार तीन सय ८० रुपैयाँसहित १८ जना पक्राउ
भक्तपुरको चाँगुनारायण नगरपालिका छ तेलकोट वेसीटोलका ४० वर्षका दिपककुमार तामाङको मंगोलियन वेभ रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेको अवस्थामा नगद दुई लाख ६८ हजार तीन सय ९० रुपैयाँसहित १५ जना शुक्रबार बिहान पक्राउ
लमजुङको बेसिशहर नगरपालिका तीन गाउँशहरका सन्तोष बोहोराको घरमा कौडा खेलिरहेको अवस्थामा नगद एक लाख ५६ हजार पाँच सय ४० रुपैयाँ सहित १७ जना शुक्रबार बिहान पक्राउ ।
तिहार सकिनै लाग्दा देशभरका विभिन्न १ सय ठाउँमा जुवातास खेलिरहेको अवस्थामा एक हजार जना पक्राउ पर्नु र उनीहरुको साथबाट करिब २ करोड नगद बरामत हुनुले नेपाली समाजमा जुवातासको लत भुसको आँगो झै फैलिरहेको त छैन भन्ने आभाष गराएको छ । कमजोर कानुनी व्यवस्था कारण कारण जुवाडेले उन्मुक्ति पाइरहँदा अब यो कुलतको रोकथाममा प्रहरीले कसरी भुमिका खेल्नुपर्छ त ?
पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा कारबाही प्रक्रिया अघि बढाइएको भएपनि कतिपय धरौँटीमा रिहाई समेत भैसकेका छन् । जुवातासको लतबाट आम नेपालीलाई बचाउन क्यासिनो प्रवेशको प्रतिबन्ध मात्रैले पर्याप्त छैन भन्ने देखिएको छ । जुवातासको कुलतले केहीलाई खुसियाली दिएपनि धेरैको घरबास उठबास लागेको छ । जुवातास नियन्त्रण र बारबाही अभियानलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जुवातास बौदिक खेल, #सर्वोच्च अदलात
तपाईको कमेन्ट लेख्नुहोस्