चर्तुभुजेश्वर वचत सहकारीको ७ औं साधारण सभा सकियो (फोटो डायरी)
ललितपुर । ललितपुर महागरपालिका वडा नम्बर १५ मा रहेको चर्तुभुजेश्वर वचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो ७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

आ.व.०७७\०७८ को प्रगति समिक्षा तथा चालु आर्थिक वर्ष ०७८\०७९ नीति, कार्यक्रम तथा बजेट तर्जुमा र कार्यान्वयन रणनीतिसहित साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा प्रमुख अतिथि रहेका बागमती सहकारी सघंका वरिष्ठ उपाध्यक्ष जगत लाल मर्हजनले नीति र विधिलाई आत्मसात गर्दै सदस्यहरू मैत्री सेवा प्रवाहसँगै साकोस अभियानको महत्वपूर्ण भूमिका निर्वाह गर्न शुभकामना दिएका थिए । संस्थाका अध्यक्ष अरुण महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ललितपुर महानगरका वडा नम्बर २८ र २९ का वडा अध्यक्षद्धय गणेश महर्जन, राजेश महर्जन, ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघका सचिव श्याम महर्जन र विभिन्न सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
साधारण सभा सम्पन्न गरेको सहकारीले सेयर सदस्य बढाउने, उनीहरुलाई सहुलियत ऋण मार्फत आवश्यकता टार्न सहयोग गर्नेदेखी संस्थाको बृद्धि विकासमा विशेष ध्यान दिने संकल्प समेत गरेको छ ।

क्याटेगोरी : अर्थ, जीवनशैली, देश/दुनियाँ, समाचार
ट्याग : #चर्तुभुजेश्वर वचत तथा ऋण सहकारी संस्था लि.
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्