सर्लाहीका सिडियो र एसपी तासमा मस्त (भिडियो सहित)
काठमाडौं । सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखलगायत उच्च अधिकारी सार्वजनिक स्थलमै तास खेलिरहेको भिडियो सार्वजनिक भएको छ । जिल्लाको शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनको जिम्मेवारी लिएका सीडीओ र एसपी आफैँ तासमा मग्न भएको भिडियो सार्वजनिक भएको हो ।
जिल्लामा हुने सामान्य अपराधिक घटनादेखि जघन्य अपराधसम्मका घटना नियन्त्रणमा सीडीओ र प्रहरी प्रमुखको सक्रियताको अपेक्षा आम मानिसमा हुन्छ । तर, सर्लाहीका सीडीओ रामकुमार महतो, प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठसहितको टोली आफैँ सार्वजनिक स्थलमै तासमा मस्त भएको भेटिएको छ ।
भिडियोमा उनीहरू पदीय पर्यादा भूलेर सार्वजनिक स्थानको कुनै खुला ठाउँमा बसेर तासमा मस्त भएको भिडियोमा देखिन्छ । एकातर्फ प्रहरीले नै जुवातास खेल्ने मानिसलाई पक्राउ गर्दै सीडीओ कार्यालयले मुद्दा चलाउँदै आएको छ । जुवातासमा मुद्दा चलाउने अधिकार सिडीओ कार्यालयसँग हुन्छ । तर, सर्लाहीका सीडीओ महत र एसपी राठौर आफैँ तासमा मस्त भएका छन् ।
जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार, जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिवाना र दोस्रो पटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था छ । यसलाई बढाएर मुलुकी अपराध संहिता २०७५ ले पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।
https://youtu.be/wLfz3ylHC3c
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #सार्वजनिक स्थलमै तास
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्