सर्लाहीका सिडियो र एसपी तासमा मस्त (भिडियो सहित)

काठमाडौं । सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखलगायत उच्च अधिकारी सार्वजनिक स्थलमै तास खेलिरहेको भिडियो सार्वजनिक भएको छ । जिल्लाको शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनको जिम्मेवारी लिएका सीडीओ र एसपी आफैँ तासमा मग्न भएको भिडियो सार्वजनिक भएको हो ।
जिल्लामा हुने सामान्य अपराधिक घटनादेखि जघन्य अपराधसम्मका घटना नियन्त्रणमा सीडीओ र प्रहरी प्रमुखको सक्रियताको अपेक्षा आम मानिसमा हुन्छ । तर, सर्लाहीका सीडीओ रामकुमार महतो, प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठसहितको टोली आफैँ सार्वजनिक स्थलमै तासमा मस्त भएको भेटिएको छ ।
भिडियोमा उनीहरू पदीय पर्यादा भूलेर सार्वजनिक स्थानको कुनै खुला ठाउँमा बसेर तासमा मस्त भएको भिडियोमा देखिन्छ । एकातर्फ प्रहरीले नै जुवातास खेल्ने मानिसलाई पक्राउ गर्दै सीडीओ कार्यालयले मुद्दा चलाउँदै आएको छ । जुवातासमा मुद्दा चलाउने अधिकार सिडीओ कार्यालयसँग हुन्छ । तर, सर्लाहीका सीडीओ महत र एसपी राठौर आफैँ तासमा मस्त भएका छन् ।
जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार, जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिवाना र दोस्रो पटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था छ । यसलाई बढाएर मुलुकी अपराध संहिता २०७५ ले पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #सार्वजनिक स्थलमै तास
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्