जेष्ठ नागरिकका लागि दिवा सेवा
रुकुमपश्चिम । जिल्लाको मुसिकोट नगरपालिकामा जेष्ठ नागरिक दिवा सेवा सञ्चालनमा आउने भएको छ । मंगलबार बसेको जेष्ठ नागरिक जिल्ला कार्य समितिको बैठकले जेष्ठ नागरिकलाई मध्यनजर गर्दै सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी असोज १५ गते जेष्ठ नागरिक दिवसको अवसर पारेर सेवा केन्द्र सञ्चालन गर्ने निर्णय गरेको सामाजिक विकास कार्यालय रुकुमपश्चिमका प्रमुख खिम प्रसाद ढकालले जानकारी दिए । दिवा सेवा केन्द्रमा जेष्ठ नागरिकका लागि खाजा, धार्मिक तथा साँस्कृतिक अध्ययन सामाग्री, मनोरञ्जनका सामाग्रीहरु लगायतको व्यबस्था गरिनेछ ।
जेष्ठ नागरिक जिल्ला कार्य समिति रुकुमपश्चिमका अध्यक्ष एवम् मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले जेष्ठ नागरिकहरुको सम्मान, उनीहरुले समाजमा दिएको योगदानको कदर गर्दै सेवा सञ्चालन गरिने लागेको बताए । केन्द्रमा जेष्ठ नागरिकहरुले नियमित भलाकुसारीका साथै विगतका अनुभवहरु साटासाट गर्न पाउनेछन् । सामाजिक विकास कार्यालय रुकुमपश्चिम र मुसिकोट नगरपालिकाको सहयोग रहनेछ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार
ट्याग : #जेष्ठ नागरिक दिवा सेवा
ताजा खबर
- १दासढुंगा घटना षड्यन्त्र हो‚ मदन–आश्रितका हत्यारालाई कारबाही गर्छौं : बादल
- २समानुपातिकमा ६४ दल, १८ दलले मात्रै दिए ११० सिटमा उम्मेदवारी
- ३बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्छन् ? : केपी शर्मा ओली
- ४केही मानिस देशै कब्जा गरिसक्यौं भनेजसरी रमाइरहेका छन्ः प्रचण्ड
- ५नेपालमा विदेशी चलखेल भइरहेको छः डा. शेखर कोइराला



तपाईको कमेन्ट लेख्नुहोस्