संखुवासभा हत्या काण्डः ६ जनाको हत्या आफन्तबाटै, भतिजलाई सार्वजनिक गर्दै प्रहरी

काठमाडौं । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नताको आरोपमा एक जना पक्राउ परेका छन् । हत्या आरोपमा शनिबार प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो । पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्ने व्यक्ति हुन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपी कार्कीको पूरै परिचय नखुलाएपनि मानसिक अवस्था कमजोर रहेको र केही समयदेखि औषधि सेवन गर्दैआएको पाइएको छ ।
प्रहरी अनुसन्धानका क्रममा हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा परेका थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले आरोपित कार्कीलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गर्ने तयारीमा प्रहरी रहेको छ । संखुवासभाका डिएसपी लालध्वज सुवेदीले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।
के थियो त हत्याको कारण ?
सुरुमा तेजबहादुरको हत्यापछि परिवारका अन्य सदस्यको हत्या भएको अनुसन्धानबाट खुलेको छ । तेजबहादुरलाई हत्या गर्नुपछाडि पनि बलियो कारण प्रहरीले खुलाउन सकेको छैन । पक्राउ परेपछि लोकबहादुरले दिएको बयानअनुसार मृतक तेजबहादुर उनलाई हेप्ने गर्थे, नमिठो बोल्थे । एक वर्षअघि उनकै घरमा लोकबहादुरकी आमा लडेकी थिइन् । गम्भीर घाइते भएकी आमालाई उपचारका लागि झापाको एक अस्पताल लगिएपछि उपचारका क्रममा मृत्यु भएको थियो ।
आमाको मृत्यु पछाडि तेजबहादुरकै षडयन्त्र भएको लोकबहादुरको बुझाइ अझसम्म कायमै रहेछ । पहिला तेजबहादुर मात्रैको हत्या गर्ने योजनासहित हत्यामा संलग्न भएका लोकबहादुर परिवारका अन्य सदस्यले घटनाबारे थाहा पाएर होहल्ला गर्न थालेपछि अताल्लिएर सबैको हत्यामा उत्रिएको पाइएको छ ।
गत सोमबार मादी नगरपालिका–१ का बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको हत्या भएको अवस्थामा शब भेटिएको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #६ जनाको हत्या, #संखुवासभाको मादी
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्