गुगलले ग्रामीण क्षेत्रबाट काम गर्ने कर्मचारीको तलब २५ प्रतिशतसम्म काट्ने, फेसबुक टुइटरले पनि पछ्याउदै
काठमाडौं । गुगलले कुनै कर्मचारीले स्थायी रुपमै ग्रामीण क्षेत्रबाट (वर्क फ्रम होम) काम गर्ने इच्छा देखाए तलबसुविधा काट्ने जनाएको छ । गुगलले ग्रामीण क्षेत्रबाट काम गर्नेदेखि स्थायी रुपमै घरबाटै काम गर्ने कर्मचारीहरुको तलब २५ प्रतिशतसम्म कटौती गर्ने जनाएको हो । गुगलले कोर सिटीमा रहेका कार्यालयमा काम गर्ने कर्मचारीको तल भने यथावत राख्ने बताएको छ ।
कोरोना महामारीका कारण कार्यालय पुगेर काम गर्ने अवस्था नभएपनि गुगललगायत अधिकांश टेक जाइन्टहरुले वर्क फ्रम होम लागू गरेका थिए। जसका कारण अझै पनि धेरै कर्मचारी कार्यालय नगइ घरबाटै काम गरिरहेका छन्। फेसबुक र टुइटरले ग्रामीण तथा सहरीभन्दा बाहिर घरमा बसेर काम गर्ने कर्मचारीहरुको तलबसुविधा कटौती गर्ने प्रतिक्रिया दिएको छ।
कार्यालय वरपर वा सहरी क्षेत्रमा महँगोमा बसोबास गरिरहेका कर्मचारीहरु जो कार्यालय आउँछन् उनीहरुको तलब भने नकाटिने बताइएको छ। तर, कम खर्चिलो एवम् ग्रामीण भागमा बसेर काम गर्ने कर्मचारीहरुको हकमा तलबसुविधा कटौती गर्ने गुगलले जनाएको छ। गुगलको उक्त निर्णयपछि दैनिक लामो यात्रा तय गरेर कार्यालय पुग्ने कर्मचारीलाई मार पर्ने बुझिएको छ। फेसबुक टुइटरले पनि सोही अनुसार चल्ने योजना बनाउन लागेका छन् ।
क्याटेगोरी : विदेश
ट्याग : #गुगल
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्