महिलाहरुमाथि यौन दुव्र्यवहारको आरोप लागेका न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोद्वारा राजीनामा
काठमाडौं । विभिन्न महिलाहरुमाथि यौन दुव्र्यवहारको आरोप लागेका अमेरिकाको न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले राजीनामा दिएका छन् । राज्यकी न्यायाधीवक्ताले गरेको अनुसन्धानमा कुओमोले महिलाहरुमाथि यौन दुर्व्यहार गरेको पाइएको उल्लेख थियो । त्यसपछि उनीमाथि राजीनामाको दबाब परेको थियो ।
लगातार आरोप अस्वीकार गर्दै आएका कुओमोले अझै पनि आफूले कुनै पनि महिलालाई दुर्व्यवहार नगरेको बताएका छन् । उपगभर्नर क्याथीहकलले गभर्नरको जिम्मेवारी सम्हाल्ने छिन् । उनी न्यूयोर्कको नेतृत्व गर्ने पहिलो महिला बन्ने भएकी छन् । कुओमोलाई राष्ट्रपति जो बाइडेनसहित डेमोक्र्याटिक पार्टीकै नेताहरुबाट राजीनामाका लागि दबाब परेको थियो ।
क्याटेगोरी : विदेश
ट्याग : #यौन दुव्र्यवहार
ताजा खबर
- १सन्तान र जीवनसाथी गुमाएको पीडा सुनाउँदै प्रचण्डले भने, ‘मलाई खलनायक बन्ने छुट छैन’
- २पशुपति माविमा मुसिकोट नगरपालिका स्तरीय चौथो ‘मेयर कप’
- ३कांग्रेस मुसिकोटको बैठकः घरदैलो र मतदाता भेटघाटलाई तीव्रता दिइने
- ४अजयबाबुको अभियानले गर्माउँदै दोलखाको चुनावी माहोल
- ५रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौला, के हो घटना ?



तपाईको कमेन्ट लेख्नुहोस्