एक चित्रकारको काश्मीर देखि चीन सम्मको यात्रा
एजेन्सी । भारतको जम्मु काश्मीरका कथा चित्रकार अजिम हसन आफ्नो चित्र प्रदर्शनका लागि चीन गएका छन् । जम्मु काश्मीरस्थित अनन्तनाग जिल्लाका ३४ बर्षीय कथा चित्रकार अजिमले अन्तराष्ट्रिय स्तरमा आफ्नो चित्र प्रदर्शनका लागि चीन गएका हुन् । जम्मु काश्मीरको स्थानीय कथाहरु अन्तराष्ट्रिय स्तरमा पुर्याउने पहिले देखि सपना रहेको उनले बताए ।
कला भन्ने कुरा सिकाई गर्न नसकिने भन्दै यसलाई केवल सुधार र विकसित गर्दै लाने सीप भएको अजिमले बताए । कोरोना माहामारीको समयमा उनले ठुला तथा लाक्षणिक चित्रहरु बनाएका छन् । उनको बुलबुल चित्रमा जम्मु काश्मीरको सुन्दर पक्ष उतारिएको छ । यो चित्रमा एक सुन्दर युवति शिकारा ताल नजिकै बुलबुल चरीसँग संवाद गरिरहेको दृश्य छ । यसले जम्मु काश्मीरको स्वच्छता, निर्मलता र आतिथ्य सत्कारलाई झल्काएको चित्रकार अजिमले बताए । अजिमको चित्रले काश्मीर, काश्मीरी मानिस, काश्मीरी बाटो, हिमालय, संस्कृति, इतिहास जस्ता मौलिक अस्तित्व झल्काउने उनको भाई तथा पहिलो आलोचक हनन बाबाले बताए ।
अजिमले काश्मीर विश्वबिधालयबाट फाइन आर्टमा ब्याचलर तह पास गरेका छन्, भने नयाँ दिल्ली स्थित जमिया मिलिया इस्लामिया बिश्वविधालयबाट चित्रकार बिधामा मास्टर्स गरेका छन् । त्यसपछि फाइन आर्ट बिधामा दोस्रो मास्टर्सका लागि चीनस्थित चाइना एकेडेमी अफ आर्टमा अध्ययन गरेका छन् । चीनमा अध्ययनको क्रममा रहँदा पनि आफ्नो चित्रमा काश्मीरकै मौलिकता उतार्ने गरेको उनले बताए । पछिल्लो समय, चित्र प्रदर्शनीका लागि अजिम चीनको हांग्जोउ पुगेका हुन् । स्रोतः ग्रेटर काश्मीर
क्याटेगोरी : विदेश
ट्याग : #चित्रकार अजिम हसन
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्