चीनको डबल एजेन्ट रहेको आरोपमा जर्मन गुप्तचर निकायका पूर्व एजेन्ट पक्राउ
एजेन्सी । जर्मन गुप्तचर निकायका पूर्व एजेन्टले चीनका लागि डबल एजेन्टको काम गरेको आरोपमा पक्राउ परेका छन् । जर्मनीको गुप्तचर निकाय बीएन्डीका पूर्व एजेन्ट डा. क्लस एल् ले करिब एक दशक यता चीनमा सुचना चुहावट गरेको आरोपमा पक्राउ परेका हुन् । ७५ बर्षीय क्लस एल् ले करिब ५० बर्ष जर्मन गुप्तचर निकाय बीएन्डीमा काम गरेका थिए । उनले विगत सन् २०१० यता चीनका लागि सुचना पठाउँदै डबल एजेन्टको काम गरेको जर्मन अधिकारीहरुले बताएका छन् ।
सन् २०१० मा चीनको सांघाईस्थित टोंगी विश्वविधालयमा लेक्चरका लागि पुगेका बेला उनलाई चिनियाँ गुप्तचर निकायका व्याक्तिहरुले भेटेको जर्मन अधिकारीहरुले बताए । त्यसपछि सन् २०१९ नोभेम्बर सम्म उनले चिनियाँ गुप्तचर निकायमा लगातार सुचना प्रदान गरेको बताईएको छ । सुचना प्रदान गरेबापत उनलाई चिनियाँ गुप्तचर निकायले रकम दिने गरेको खुलेको छ ।
सन् २०१९ नोभेम्बर मा जर्मन अधिकारीहरुले म्युनिखस्थित उनको निवासबाट उनको कम्युटर बरामद गरेको थियो । क्लस एल् ले चीनका लागि गुप्तचरी गरेको र बीएन्डीबारे सुचना चुहाएको स्वीकार गरेको बताईएको छ । इटालीबाट म्युनिख फर्किरहेको बेला उनलाई जर्मन अधिकारीहरुले पक्राउ गरेका छन् । स्रोतः न्यू योर्क पोष्ट
क्याटेगोरी : विदेश
ट्याग : #जर्मन गुप्तचर निकायका पूर्व एजेन्ट
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्