चीनको डबल एजेन्ट रहेको आरोपमा जर्मन गुप्तचर निकायका पूर्व एजेन्ट पक्राउ
एजेन्सी । जर्मन गुप्तचर निकायका पूर्व एजेन्टले चीनका लागि डबल एजेन्टको काम गरेको आरोपमा पक्राउ परेका छन् । जर्मनीको गुप्तचर निकाय बीएन्डीका पूर्व एजेन्ट डा. क्लस एल् ले करिब एक दशक यता चीनमा सुचना चुहावट गरेको आरोपमा पक्राउ परेका हुन् । ७५ बर्षीय क्लस एल् ले करिब ५० बर्ष जर्मन गुप्तचर निकाय बीएन्डीमा काम गरेका थिए । उनले विगत सन् २०१० यता चीनका लागि सुचना पठाउँदै डबल एजेन्टको काम गरेको जर्मन अधिकारीहरुले बताएका छन् ।
सन् २०१० मा चीनको सांघाईस्थित टोंगी विश्वविधालयमा लेक्चरका लागि पुगेका बेला उनलाई चिनियाँ गुप्तचर निकायका व्याक्तिहरुले भेटेको जर्मन अधिकारीहरुले बताए । त्यसपछि सन् २०१९ नोभेम्बर सम्म उनले चिनियाँ गुप्तचर निकायमा लगातार सुचना प्रदान गरेको बताईएको छ । सुचना प्रदान गरेबापत उनलाई चिनियाँ गुप्तचर निकायले रकम दिने गरेको खुलेको छ ।
सन् २०१९ नोभेम्बर मा जर्मन अधिकारीहरुले म्युनिखस्थित उनको निवासबाट उनको कम्युटर बरामद गरेको थियो । क्लस एल् ले चीनका लागि गुप्तचरी गरेको र बीएन्डीबारे सुचना चुहाएको स्वीकार गरेको बताईएको छ । इटालीबाट म्युनिख फर्किरहेको बेला उनलाई जर्मन अधिकारीहरुले पक्राउ गरेका छन् । स्रोतः न्यू योर्क पोष्ट
क्याटेगोरी : विदेश
ट्याग : #जर्मन गुप्तचर निकायका पूर्व एजेन्ट
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्