देशभर मनसुनी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावलेसँगै देशका विभिन्न ठाउँमा भारी वर्षाको पूर्वानुमानसहित सचेतनाको अपिल गरेको छ । महाशाखाले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा अनि बाँकी प्रदेशका केही स्थानहरुमा मेघ घर्जन,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भैरहेको जानकारी दिएको हो ।
महाशाखाले प्रदेश १, बागमती , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित भारी,धेरै भारी वर्षाको पूर्वानुमान गरेको छ । यी क्षेत्रका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन,यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अपिल गरिएको छ ।
तीन दिनको मौसम पूर्वानुमान
२०७८ असार २७ गते (आइतबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित भारी,धेरै भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ सहित भारी\धेरै भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ असार २८ गते( सोमबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
२०७८ असार २९ गते(मंगलबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #जल तथा मौसम पूर्वानुमान महाशाखा, #मनसुनी वायु
ताजा खबर
- १जेनजी विद्रोहीलाई अपराधी करार गर्न खोज्दै छिन् प्रधानमन्त्रीः विप्लव
- २इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
- ३प्रधानमन्त्री कार्कीसँग भेटेपछि चुनावमा जान सबै दल तयार भएकै हुन ?
- ४कुलमानले भने रास्वपाले रणनीतिक उपयोग गर्न खोजेको छ
- ५फागुन २१ को चुनावमा भोट हाल्न पाउने १,८९,०३,६८९ मतदाता



तपाईको कमेन्ट लेख्नुहोस्