सप्तकोशी नदीमा पानीको बहाव उच्च,५६ मध्ये २९ ढोका खोलिए
काठमाडौं । सुनसरीको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५६ मध्ये २९ ढोका खोलिएका छन्। शनिबार बिहान ८ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाव दुई लाख २२ हजार ७७५ क्यूसेक पुगेको कोशी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ। कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म सामान्य मानिन्छ।
पानीको बहाव उच्च भएपछि सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । कोशीमा पानीको बहाव १५०००० क्युसेक पुगेपछि रातो बत्ति बाल्ने र रातो झण्डा फहराउने गरिन्छ ।
२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानववस्तीमा पसेको थियो। त्यतिबेला सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउदा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका थिए।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #पानीको बहाव उच्च, #सप्तकोशी नदी
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्