Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

शनिबारबाट युरोकपको नकआउट चरणका खेल, यी हुन प्रतिस्पर्धी टिम


काठमाडौं । युरोपका विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत नकआउट चरणका खेल शनिबारबाट हुँदैछन् । बुधबार रातीबाटै समूह चरणका खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमको एकिन भएको हो । नकआउट चरणमा १६ टिमले स्थान बनाएका छन् ।

६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येका उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् । यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा आफूलाई सुरक्षित गरेका छन् ।
यी हुन् अन्तिम १६ का प्रतिद्वन्दी
वेल्स विरुद्ध डेनमार्क
इटाली विरुद्ध अष्ट्रिया
नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक
बेल्जियम विरुद्ध पोर्चुगल
क्रोएसिया विरुद्ध स्पेन
फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड
इंग्ल्यान्ड विरुद्ध जर्मनी
स्विडेन विरुद्ध युक्रेन


क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, समाचार
ट्याग : #संस्करणको युरोकप

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं