फुटबलको वरियतामा तीन स्थान सुधार, नेपाल १ सय ६८ औं स्थानमा
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । पछिल्लो समय यथास्थितीमा रहेको नेपालको वरियताले यस पटक भने चढेको हो । मंगलबारको ताजा तथ्याङ्ग अनुसार नेपालले तीन स्थान सुधार गर्दै १ सय ६८ औं स्थानमा पुगेको छ । दैनिक अपडेट हुने वरियता अनुसार नेपालले तीन स्थान सुधार गरेको हो । यसअघि राष्ट्रिय पुरुष फुटबल टिम १ सय ७१ औं स्थानमा रहेको थियो । मंगलबारको ताजा वरियतामा नेपाल १ सय ६८ औं स्थानमा छ ।
यसै महिना तीन फिफा विश्वकप छनोट र एक मैत्रिपूर्ण खेलमा सुधारिएको प्रदर्शन गरेको नेपालको वरियतामा सुधार देखिएको हो । फुटबल र्याङ्किङ डटकमले जनाए अनुसार नेपालले ९ सय ६८ अंक प्राप्त गरेको छ । गत साता नेपालले चाईनीज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो । सोही नतिजाको आधारमा नेपालले आफ्नो बरियता सुधार गरेको हो ।
फिफाले हरेक महिना आफ्ना सदस्य राष्ट्रको वरियता सार्वजीक गर्ने गर्छ । नेपालले गत चैतमा घरेलु मैदानमा त्रिदेशीय फुटबल उपाधि जितेको थियो । तर नेपालको बरियतामा कुनै सुधार आएको थिएन । केही हप्ता अघि मात्र नेपाली टिम इराकसँग मैत्रीपूर्ण खेलमा ६–२ गोल अन्तरले पराजित भएको थियो । यस्तै, फिफा विश्वकप छनोट खेलमा चाइनिज ताईपेलाई २–० ले पराजित गरेको नेपालले जोर्डन र अष्ट्रेलियासँग समान ३–० गोल अन्तरको हार ब्यहोरेको थियो ।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, समाचार
ट्याग : #फिफा वरीयता, #विश्व फुटबल
ताजा खबर
- १बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- २सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ३गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण
- ४समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- ५कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल



तपाईको कमेन्ट लेख्नुहोस्