युरोकप फुटबलमा बेल्जियमको विजयी सुरुवात
काठमाडौं । बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार रातिभएको खेलमा घरेलु टिम रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको हो । बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । यस्तै थोमस मुनिएरको नाममा एक गोल रह्यो । खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
गोलपछि लुकाकुले आफ्नो गोल खेल दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे । खेलको ३४ औ ंमिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० को जित दिलाए । उनले मुनिएरको पासमा गोल गरेका हुन् ।
बेल्जियमका लागि लुकाकुको यो ६२ औं गोल हो । जितसँगै बेल्जियमले युरोकपको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । समूह’बी’मा रहेको बेल्जियम शीर्ष स्थानमा रहेको छ । रुसले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । रुस पुछारमा रहेको छ । यस समूहमा ३ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा रहेको छ । डेनमार्क अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #बेल्जियम, #युरोकप फुटबल
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्