कोरोना संक्रमितको उपचारका लागि रुकुमपश्चिको स्वास्थ्य सेवा कार्यालयमा थप सेवा विस्तार

रुकुमपश्चिम । पछिल्लो समय रुकुमपश्चिममा पनि कोरोना संक्रमित दैनिक थपिदै गएपछि अस्पतालमा सेवा विस्तार गर्न लागिएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि कोरोना संक्रमितको उपचारमा थप सहजता ल्याउन स्वास्थ्य सेवा कार्यालयमा सेवा बिस्तार गर्न लागिएको हो ।
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम सल्लेबाट सञ्चालन हुदै आएका प्रसुति सेवा बाहेक अन्य सेवाहरु मुसिकोट नगरपालिकाले सञ्चालन गरेको राप्ती समाज अस्पतालको भवनबाट सञ्चालन गर्ने निर्णय गरिएको छ । पूर्व गृहमन्त्री तथा रुकुम पश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा, मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम र प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेको उपस्थितिमा बिहिबार भएको बैठकले १२ वटा निर्णय गरेको छ ।
त्यस्तै जनस्वास्थ्य कार्यालयको प्रशासनिक भवनलाई अन्य ठाउँमा राखेर त्यहाँ कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने, कोरोना उपचार व्यवस्थापनका लागि प्रदेश सरकारबाट आएको १ करोडलाई शब बहान, एम्बुसेन्स र अक्सिजन लगायतका सामाग्रीहरु खरिद गर्ने लगायतका निर्णय भएका छन ।
पूर्वमन्त्री शर्माले जिल्लामा कोरोना संक्रमितको उपचार कसरी भइरहेको छ भन्नेबारे समेत निरिक्षण गरेका थिए । रुकुमपश्चिममा आठविसकोट, चौरजहारी नगरपालिकाले समेत कोरोना उपचारका लागि अस्पताल बनाएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #रुकुमपश्चिममा पनि कोरोना
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्