रुकुमपश्चिमको चौरजहारी अस्पतालका डाक्टर पक्राउ
रुकुमपश्चिम । रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डाक्टर पक्राउ परेका छन । अस्पतालका डाक्टर दिपेन्द्र गौतमलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले आइतबार अस्पतालबाटै पक्राउ गरेको हो ।
शैक्षिक योग्यताका प्रमाणपत्र सम्बन्धिको मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएको छ । लिखत सम्बन्धि मुद्दामा जिल्ला अदालत काठमाडौको पक्राउ आदेशपछि उनलाई पक्राउ गरिएको बताइएको छ ।
मनाङ जिल्लाको कामे गाउँपालिका वडा नम्बर ५ निवासी डाक्टर गौतम देखि चौरजहारी अस्पतालमा कार्यरत थिए । ३१ बर्षका गौतमको एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको अभियोग उनिमाथी लागेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #डाक्टर पक्राउ
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्