ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ८३६ जना संक्रमित फेला
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ५ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो कुल परीक्षणको १५ प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार पाँच परीक्षणको पाँच प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि भएमा महामारीको जोखिमपूर्ण अवस्था मानिन्छ ।यस्तै पछिल्लो २४ घण्टामा ६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसहित पछिल्लो २४ घण्टामा नौ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा दुई लाख ८२ हजार ८ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय आठ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार आठ सय १२ पुगेको छ । अहिले नेपालमा पाँच हजार आठ जना सक्रिय सङ्क्रमित छन् । थप चार जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ७० जना पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्