झस्कीएको अख्तियार नेतृत्व,कति मुद्धाको छिनोफानो होलान ?

काठमाडौं । मंगलबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंक तथा वित्तीय संस्थामा अनियमितता गरी राज्यकोषको रकम दुरुपयोग गरेको अभियोगमा ११ वटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कुल ४० करोड २७ लाख रुपैयाँ बिगो मागदाबीसहित रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडबाट भएको कर्जा प्रवाह अनियमिततामा मुद्दा दायर गरेको हो । कर्जा प्रवाह गर्ने १० कर्मचारी, धितोको गलत मूल्यांकन गर्ने ६ इन्जिनियर, सञ्चालक १० जना र कर्जा प्रवाह गर्ने १० कर्मचारीविरुद्द अख्तियारले मुद्दा दायर गरेको हो ।
नागरिक लगानी कोषको लगानीसमेत रहेको रोयल मर्चेन्टमा कमसल धितोबाट ऋण प्रवाह भएको, कतिपयमा धितो नराखिएको लगायतका आरोप रहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । अख्तियारले धेरै समय पछी यसरी ठुलो मागदाबी सहित् मुद्दा दायर् गरेको हो ।
आयोगमा नयाँ प्रमुख आयुक्त र अन्य सदस्यहरु आएपछी अख्तियार ले तिब्र रुपमा काम गर्ने अपेक्षा गरिएको थियो । यो प्रकरणपछी भने उक्त अपेक्षा झन दरिलो बनेको छ । प्रवक्ता रिसालका अनुसार अख्तियारले ठुला साना नभनिकन सबै अनियमितता र भ्रस्टाचारको बिरुद्दमा मुद्दा दायर गर्नेछ ।
ठुला ठुला काण्डको बिषयमा पनि अध्ययन भईरहेको उनको भनाइ छ । साथै अब सबै पुराना उजुरीहरु पनि तिब्रताका साथ हेरिने उनी बताउछन । अख्तियारमा लामो समयदेखि सयौ मुद्दाहरु अलपत्र अवस्थामा रहेका छन । अब ति मुद्दाहरुलाई पनि प्राथमिकता दिएर हेर्ने रणनितीमा अख्तियार छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्