इजोनमा नयाँ कार्यसमिति, अध्यक्ष प्रकृति अधिकारी सहित ११ जना निर्बिरोध
काठमाडौं । शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) ले शनिबारबाट नयाँ कार्यसमिति पाएको छ । सातौ अधिवेशनले गोरखापत्रका प्रकृति अधिकारीको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः अन्नपुर्ण पोष्टका सूर्यप्रसाद पाण्डे, द काठमाडौ पोष्टका विनोद घिमिरे, नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र रेडियो कान्तिपुरकी पार्वता चौधरी निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा घामछाँया डटकमका रुपेश आचार्य, द राइजिङ नेपालकी मञ्जिमा ढकाल, राष्ट्रिय समाचार समितिका विष्णु नेपाल, अभियान दैनिककी दुर्गा लामिछाने, राजधानी दैनिकका प्रशान्त ओली, प्राइम टेलिभिजनका दीपक अर्याल निर्वाचित भएका छन् ।
प्रमुख निर्वाचन आयुक्त अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी र निर्वाचन आयुक्त राजेन्द्र उप्रेतीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । अधिवेशन अघिको साधारण सभामा महासचिव सूर्यप्रसाद पाण्डेले संस्थाको सांगठनिक र कोषाध्यक्ष विनोद घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
अधिवेशनमा इजोनका सल्लाहकार ईश्वरराज ढकाल र भवानीश्वर गौतम, अभिभावक महासंघका अध्यक्ष भण्डारीले शुभकामनासहित नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #शिक्षा पत्रकार सञ्जाल
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्