राष्ट्रिय सभामा पहिलो पटक पुगे बामदेव गौतम, दिनानाथ भन्छन् सभाको शिर उच्च भयो
काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतम पहिलो पटक राष्ट्रियसभा बैठकमा सहभागी भएका छन् । संसदको सातौं अधिवेशनअन्तर्गत शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा गौतम पहिलो पटक सहभागी भएका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले मनोनयन गरेकी थिइन । बर्दियाबाट पराजित भएको गौतमलाई मनोनयन गर्दा चौतर्फी सरकारको आलोचना भएको थियो । असोज १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।
राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्माले नेकपाका उपाध्यक्ष बामदेव गौतमको प्रवेशले राष्ट्रिय सभाको गरिमा उचो भएको दाबी बताएका छन् । राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दीनानाथ शर्माले गौतमलाई पार्टी एकता जोगाउने दिशामा सफलता मिलोस् भन्ने शुभकामना दिए । शर्माले गौतमले लगभग ‘विभाजित भइसकेको नेकपालाई पुनः एक बनाउन सकिन्छ भन्ने विश्वासका साथ काम गर्छु’ भनेकाले एकता कायम राख्न अझै झिनो आशा जीवित रहेको बताए ।
सरकारको सिफारिसमा गत राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो दिन बोल्दै शर्माले नेकपा विभाजन हुन नदिन पनि गौतमले भूमिका खेल्ने विश्वास व्यक्त गरे। ‘पार्टी विभाजनको संघारमा छ। प्रतिनिधिसभा पनि छैन। मेरो राजनीतिक इतिहासको ५५ वर्षको अनुभव र अहिलेसम्मको यात्रामा नेकपा बन्दा खुसी थिएँ। खुसी नहुने कोही थिएन। नेपाली जनता खुसी भएका कारणले नै खुसी प्रकट निर्वाचनमा भएको थियो। आज पार्टी विभाजनको संघर्षमा आइपुग्दा मेरो मुटु फुटेको अनुभव भएको शर्माले बताएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #बामदेव गौतम, #राष्ट्रियसभा
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्