नारायणहिटी दरबारमा अव श्री सदन पनि अवलोकण गर्न पाइने
काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट अवलोकन गर्न पाइने भएको छ । शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले श्री सदन खुलाको औपचारिक शुभारम्भ गरेसँगै आइतबारबाट अवलोकनको लागि खुल्ने भएको हो । कुनै बेला राजतन्त्रको अन्त्य गर्नुपर्ने आवाज उठाउदै सडक आन्दोलनमा होमिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई पुर्वराजा बस्ने नारायणहिटी राजदरबार पुगे ।
उनी जानुको कारण थियो पुर्वराजा बिरेन्द्र बस्ने स्थान अर्थात श्री सदनको उद्घाटन गर्न । उनले आफुले पनि भने राजतन्त्र फाल्न आन्दोलन गर्ने आज त्यही राजदरबारको एउटा सदन खोल्न आएको छु भनेर । २०५८ साल जेठ १९ गते जब दरबार हत्याकाण्ड भयो र एउटा राजखानदान नै त्यसमा सिकार हुन पुग्यो तब राजा बिरेन्द्रको निवास अहिलेसम्म खोलिएको थिएन । अहिले करीब १९ बर्षपछि उक्त स्थान सर्वसाधारणले अव अवलोकण गर्न पाउनेछन् ।
जहाँ राजा बिरेन्द्रको जीवनशैलीलाई नजिकबाट नियाल्न सकिनेछ । नारायणहिटीलाई संग्राहलयमा परिणत गरेपछी अन्य बगैचा तथा अन्या कोठाहरु सर्वसाधारणको लागि खुल्ला गरिएपनी अहिलेसम्म राजा बिरेन्द्रको निवासलाई खुला गरिएको थिएन ।
पिटिसी
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नारायणहिटी दरबार
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्