अमेरिकी राष्ट्रपतिमा बाइडन जितको नजिक
काठमाडौं । अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडन विजयी नजिक पुगेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल भोट चाहिनेमा बाइडनले अहिलेसम्म २६४ इलेक्टोरल भोट पाएका छन् । प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भने २ सय १४ इलेक्टोरल भोट प्राप्त गरेका छन् ।
बुधबारसम्म कडा प्रतिस्पर्धा देखिएको अमेरिकी चुनावमा बिहीबार बिहानबाट बाइडनले ३९ इलेक्टोरल भोटले अग्रता लिइरहेका छन् । हाल हुलाकबाट गरिएको मतदानको मतगणना जारी रहेको छ । मुख्य ब्याटलग्राउन्ड स्टेट पेन्सभानिया, विसकन्सिन र मिसिगनलगायतका राज्यमा मतगणना जारी छ । मिसिगनका निर्वाचन प्रमुखले अझै एक लाख मतगणना बाँकी रहेको जानकारी दिएका छन् ।
हारको जोखिम बढेसँगै वर्तमान राष्ट्रपति ट्रम्पले पेन्सल्भेनियामा धाँधली भएको दाबी गर्दै मतगणना रोक्न माग समेत गरेका छन् । यद्यपि उनले धाँधली भएको स्पष्ट प्रमाण भने पेश गर्न सकेका छैनन् । ट्रम्पले मतगणना रोक्न माग गर्दै सर्वोच्च अदालत जाने चेतावनी समेत हिजो दिएका थिए । बाइडन पक्षले भने ट्रम्पले अपमानजनक टिप्पणी गरेको भन्दै मतगणना नरोकिने बताउदै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #अमेरिकी राष्ट्रपति, #जो बाइडन, #डोनाल्ड ट्रम्प
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्