नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुग्यो, एकैदिन २ हजार ६३८ जना थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ। यो सहित नेपालमा अहिलेसम्म १२ लाख २१ हजार ३८ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १४ हजार ८ सय १९ जना संस्थागत आइसोलेसनमा र २१ हजार ५ सय ४८ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १७४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८० हजार ९ सय ५४ जना छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसहित नेपाल कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ७५ पुगेको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण, #डिस्चार्ज, #पीसीआर परीक्षण
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्