नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुग्यो, एकैदिन २ हजार ६३८ जना थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ। यो सहित नेपालमा अहिलेसम्म १२ लाख २१ हजार ३८ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १४ हजार ८ सय १९ जना संस्थागत आइसोलेसनमा र २१ हजार ५ सय ४८ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १७४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८० हजार ९ सय ५४ जना छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसहित नेपाल कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ७५ पुगेको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण, #डिस्चार्ज, #पीसीआर परीक्षण
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्