नेकपा अर्के ध्यानमा, कांग्रेस बिशेष संसद अधिबेशनको पक्षमा
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कसैसँग पनि सल्लाह नगरी संसद अधिवेशन अन्त्य गरेको ३ महिना पुगेको छ । देशमा कोरोना महामारीलगायत अनेकौँ समस्या भए पनि संसदमा छलफल हुन पाएको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अधिवेशन सुरु गर्न सरकारलाई दबाब दिइरहेको छ, तर सरकारले बेवास्ता गरिरहेको छ । सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी ओलीविरुद्ध नेकपाकै शीर्ष नेताहरुले संसदमा अविश्वासको प्रस्ताव लैजानेसम्मको हल्ला चल्यो ।
अविश्वासको प्रस्तावको त्रासले प्रधानमन्त्री केपी ओलीले कसैसँग पनि सल्लाह नगरी गत असार १८ गतेदेखि लागु हुने गरी संसदको बर्खे अधिवेशन अन्त्य गरिदिए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग जोडदार रुपमा उठाइरहेका बेला सरकारले संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । अहिले नेकपाको विवाद अन्त्य त भएको छैन, तर ओलीको राजीनामा वा अविश्वासको प्रस्ताव भने टरिसकेको छ । तर देशभित्र कोरोना महामारीलगायत अनेकौँ समस्याहरु बढिरहेका छन् । ति समस्याका बारेमा संसदमा छलफल हुन पाएको छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सरकारलाई खबरदारी गर्न पाएको छैन ।
यसैबीच कांग्रेसले कोरोना महामारीका बीच सरकारले एक्कासी स्थगित गरेको संसदको बिशेष अधिबेशनको माग गर्दै सरकारबिरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बुधबार बसेको संस्थापन पक्षीय नेताहरुको अनौपचारिक बैठकमा भएको प्रारम्भिक छलफलले त्यसबारे निर्णय लिन शनिबार पदाधिकारीको बैठक बोलाउने निर्णय गरेको छ । त्यसैगरी १९ गते केन्द्रिय समिति बैठक पनि बस्दैछ । बैठकमा सरकारलाई दबाब दिन संसदको विशेष अधिवेशन आह्वान गर्ने निर्णय भएको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।
बढ्दो भ्रष्टाचार तथा बेथिति बढेको अवस्थामा पनि सरकार मौन रहेको कांग्रेसको आरोप छ । संसद् अधिवेशनको मागसँगै सडकमा विरोधका कार्यक्रम समेत गर्ने भएको छ । त्यसो त कांग्रेसले संसद चल्दा पनि प्रतिपक्षीको भूमिका प्रभावकारी रुपमा प्रदर्शन गर्न नसकेको आरोप लाग्दै आएको छ । कांग्रेसको मागअनुसार सरकारले अधिवेशन बोलाए पनि प्रतिपक्षीको भूमिका बलियो हुनेमा विश्वस्त हुने अवस्था छैन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्