१० दिनमा नेपालमा कोरोनाबाट ८८ जनाको मृत्यु, १३ हजार ५ सय संक्रमित
काठमाडौं । पछिल्लो समय दैनिक कोरोना संक्रमण र मृत्युदर पनि बढ्दै गएको तथ्याङकले देखाइरहेको छ । पछिल्लो दश दिनमा कोरोना भाइरसबाट नेपालमा ८८ जनाको मृत्यु भएको छ । असोज १ देखि १० गतेसम्ममा ८८ जनाको मृत्यु हुँदा १३ हजार ४ सय ९४ जना संक्रमित थपिएका हुन् । नेपालमा औषतमा कोरोनाबाट दैनिक ११ जनाको मृत्यु हुने गरेको पाइएको छ भने १ हजार ३ सय नयाँ संक्रमित थपिने गरेका छन् ।
नेपालमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित असोज २ गते थपिएका थिए । २ गते एकैदिन २ हजार २० जनामा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो । असोज ८ गते धेरै संख्यामा कोरोना संक्रमितको मृत्यु भएको थियो । सो दिन दिनमा १७ जना संक्रमितको मृत्यु भएको थियो ।
नेपालमा हालसम्म कोरोनाबाट ७१ हजार ८ सय २१ जना संक्रमित भएका छन् भने ४ सय ७६ जनाको मृत्यु भएको छ । ५३ हजार १३ जना कोरोना जितेर घर फर्किएका छन् । १० दिनमा मृत्यु हुने र संक्रमित हुनेको तथ्याङ १० दिनमा नेपालमा कोरोनाबाट ८८ जनाको मृत्यु, १३ हजार ५ सय संक्रमित
१० दिनमा मृत्यु हुने र संक्रमित हुनेको तथ्याङ
| गते | मृतक | संक्रमित |
| असाेज १ | ४ | १२४६ |
| असाेज २ | ७ | २०२० |
| असाेज ३ | ११ | १२०४ |
| असाेज ४ | १० | १३२५ |
| असाेज ५ | १६ | ११५४ |
| असाेज ६ | २ | १३५६ |
| असाेज ७ | ७ | ११७२ |
| असाेज ८ | १७ | १४९७ |
| असाेज ९ | ६ | १३१३ |
| असाेज १० | ८ | १२०७ |
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण, #संक्रमितको मृत्यु
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्