एकैदिन उपत्यकामा ६३७ सहित देशभर ११७२ जनामा संक्रमण, ७ जनाको मृत्यु
काठमाडौं । उपत्यकामा बुधबार ६ सय ३७ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा ४ सय ९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकासहित देशभर १ हजार १ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ४ सय २६ र पुरुष ७ सय ४६ जना रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।
देशभर २ सय २० जना आईसीयू र ४३ जना भेन्टिलेटरमा रहेका छन् । क्वारेन्टिनमा ७ हजार १ सय ४ जना रहँदा कोरोना निको हुनेको संख्या भने ४९ हजार ९ सय ५४ जना रहेको मन्त्रालयले जनाएको छ । यसैबीच हालसम्म सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोनमुक्त रहेको छ भने मोरङ, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५ सयबढी संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा एक महिला सहित ७ जनाको मृत्यु भएको छ । झापामा ८६ वर्षिय, सिराहामा ५० वर्षिय र काठमाडौंमा १६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७४ वर्षिय, बर्दिमा ६५ र ३९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ६८ वर्षिय महिलाको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ सय ३६ पुगेको छ । ९ हजार ४ सय ५९ जनाको नमूना परीक्षण गरिएको थियो ।
क्याटेगोरी :
प्रमुख समाचार,
ब्रेकिंग न्युज,
शिक्षा स्वास्थ्य,
समाचार
ट्याग : #७ जनाको मृत्यु, #कोरोनाभाइस संक्रमण पुष्टि
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्