जनकपुरमा ६ बर्षपछि रेल आइपुग्यो,राष्ट्रिय झण्डा अङ्कित दुई वटा रेल हेर्न सर्वसाधारणको घुँइचो
जनकपुर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने नेपालको राष्ट्रिय झण्डा अङ्कित दुई वटा रेल जनकपुर आइपुगेका छन् । रेल विभागका अनुसार भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत किनिएका दुईवटा रेल सेट भर्खरै मात्र जनकपुर ल्याइएको हो । जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको छ भने रेल सञ्चालनको जिम्मेवारी बोकेको रेल्वे कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया समेत अघि बढाइसकेको छ ।

कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न गरेपछि रेल त्यहाँसम्म अन्यत्र विस्तार गर्ने योजना रहेको छ । आवश्यक कानुन बनाएर दशैं तिहारपछि नै रेल सञ्चालनमा ल्याउने विभागको तयारी छ ।
६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा गठन भएको रेल विभागले देशका विभिन्न स्थानमा रेलमार्ग निर्माण सहित थप सम्भाब्यता अध्ययन गरिरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #breeking, #दुई वटा रेल जनकपुर, #रेल आइपुग्यो
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्