Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

काठमाडौं उपत्यकामा १ सय १९ सहित देशभर ५ सय ९४ जनामा कोरोना पुष्टि


काठमाडौं । एकै दिन काठमाडौं उपत्यकामा थप १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौँका ८३ जना, ललितपुरका ३० जना र भक्तपुरका ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, देशभर ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ५ सय ५१ पुगेको छ। देशभर ७ हजार ९ सय १३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो घण्टामा २ सय ४० जना संक्रमित निको भएका छन् भने हालसम्म संक्रमण निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ । एकै दिन ११ हजार ५ सय ७५ पीसीआर परिक्षण भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ९९ पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित भेटिए त
धनुषामा ५५, मोरङ ६३, सुनसरी २४, सप्तरी १४, झापा ९, सिरहा ३, महोत्तरी २४ , सर्लाही १४, सिन्धुली ११, सिन्धुपाल्चोक १, रौतहट ५ , उदयपुर १, बारा २४ , पर्सा ७१ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै, भक्तपुर ६, काठमाडौँ ८३, ललितपुर ३०, नुवाकोट १, बाजुरा १, चितवन १४ , धादिङ १, हुम्ला १, कैलाली ४, मकवानपुर १८, रुपन्देही १४, नवलपरासी पूर्व २, तनहुँ २२ , दोलखा १, कास्की १, लमजुङ १, पर्वत १, स्याङ्जा १, दाङ १, बाँके २२, बर्दिया ५, सुर्खेत २१, कपिलवस्तु ५, अछाम ६, कैलाली ५, कञ्चनपुर २, सल्यान १, दैलेख ३ र बझाङमा १ जना संक्रमित थपिएका हुन् ।


क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरस, #नेपालमा कोरोना संक्रमित

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं