कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ पुग्यो, पोखरामा थप एक जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ । कोरोना संक्रमणबाट थप एकको मृत्यु भएपछि संख्या ७४ पुगेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय पुरुष मृत्यु भएको छ । मधुमेहका रोगीसमते रहेका उनको गएराति साढे ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताले जानकारी दिएको छ।
पोखरा महानगरपालिका–१९ का संक्रमित साउन १९ गते अस्पतालमा भर्ना भएका थिए । आइसीयूमा उपचाररत अवस्थामा संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो सँगै ३ जना पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #मृत्यु हुनेको संख्या ७४
ताजा खबर
- १भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- २रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ३कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ४संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्
- ५क्लिन अप नेपालको १३औँ साधारणसभा सकियो, पारदर्शिता र जवाफदेहितामा जोड



तपाईको कमेन्ट लेख्नुहोस्