फेरि बढ्यो सुनको मुल्य, प्रतितोला १ लाख ३ हजार ५ सय पुग्यो

काठमाडौं । करिब तीन सातादेखि लगातार बढिरहेको सुनको मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजोको तुलनामा यो मूल्य एक हजार रुपैयाँ बढी हो । बिहीबार छापावाल सुनको मूल्य एक लाख दुई हजार ५ सय रुपैयाँ तोकिएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ४ सय ५ रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साउन ७ गतेयता सुनको मूल्यमा दिनहुँ रेकर्ड कायम भइरहेको छ । उक्त दिन छापावाल सुन तोलाको एक हजार ३ सय रुपैयाँ बढेर ९४ हजार पुगेको थियो । त्यस यता आठ हजार ८ सय रुपैयाँ बढिसकेको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, समाचार
ट्याग : #छापावाल सुन, #सुनचाँदी व्यवसायी महासंघ
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्