वीरगञ्जमा दुई कोरोना संक्रमितको मृत्यु, मेयर विजयकुमार सरावगीलाई पनि कोरोना संक्रमण
काठमाडौं । पर्साको वीरगञ्जमा थप दुई जना कोरोना संक्रमतिको मृत्यु भएको छ । वीरगञ्जमा बस्दै आएका एक जना भारतीय नागरिक र वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु भएका ५६ वर्षका भारतीय पुरूष मुटुसम्बन्धी समस्या लिएर असार ७ गते अस्पताल भर्ना भएका थिए ।
बिहीबार दिउँसो उनको शरीरमा अक्सिजनको मात्रा कम भएपछि भेन्टिलेटरमा राखिएको थियो । दिउँसो भेन्टिलेटरमा राखिएका उनको गएराति ११ बजे मृत्यु भएको हो । अर्का मृत्यु भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का ३५ वर्षीय पुरुष निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएको बताइएको छ । साउन १३ गते गण्डक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनको बिहीबार राति ७ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मेयरलाई पनि कोरोना संक्रमण
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ । काम विशेषले काठमाण्डौ आएका महानगर प्रमुखलाई बाटोमा हल्का ज्वरो र घाँटीमा समस्या देखिएपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि उहाँले आफू आइसोलेशनमा बसेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । आफूले वीरगञ्ज बासीलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन हर–सम्भव प्रयास गरेपनि समुदायस्तरमै फैलिएको र आफू पनि संक्रमित भएको बताए ।
उनले समयमा नै एक घर एक परीक्षण अभियान हुन नसक्दा नै वीरगञ्जमा कोरोना संक्रमण फैलिएको दाबी गरे । उनले अब पालिकाले मात्रै कोरोना सङ्क्रमण नियन्त्रण गर्न नसक्ने भन्दै संघीय र प्रदेश सरकारलाई ठोस योजना ल्याउन आग्रह पनि गरे । यस्तै, वीरगञ्ज महानगरपालिकाका प्रमुख सरावगीले आफू कोरोना जितेर फेरि नागरिकको सेवामा फर्कने प्रतिवद्धता पनि व्यक्त गरे ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमतिको मृत्यु
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्