सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा १ हजार ३ सय बढ्यो
काठमाडौं । सुनको मुल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार एकै दिन तोलामा १ हजार ३ सय वृद्धि भएर अहिलेसम्मकै उच्च मूल्य पुगेको छ । बुधबार एकैदिन सुनको मुल्य प्रतितोला १ हजार ३ सय बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको १ हजार १ सय ३५ रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २ सय ६० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य १ हजार ४० रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #सुनको मूल्य
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्