नेकपामा नेताहरुमै अलमल, स्थायी कमिटि एकसाता सारियो
काठमाडौं । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेर सुरु भएको सत्तारुढ नेकपाभित्रको विवाद अहिले त्यतिकै सेलाएको छ । गत शनिबार प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेपछि उनको राजीनामाको विषय नै अहिले सेलाएको हो । ओलीले महाधिवेशनको नयां कार्ड फालेपछि उनको राजीनामालाई मुख्य बटमलाइन बनाएका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर अव के गर्ने भन्ने अन्यौलमा परेका छन । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत शनिबार बसेको सचिवालय बैठकमा आगामी मंसिरमै पार्टीको महाधिवेशन गरेर दाहाललाई पार्टीको एकल अध्यक्ष बन्न सुझाएपछि अध्यक्ष दाहाल–नेपाल समुह राजीनामाको बटमलाइनबाट पछि हटेको छ । प्रधानमन्त्रीको राजीनामाको एकोहोरो बाँसुरी बजाईरहेको दाहाल–नेपाल समूह नै महाधिबेशन र त्यसपछि दाहाललाई एकल अध्यक्षको प्रधानमन्त्री ओलीको ललीपप पछि भने आफैभित्र शंका र सन्सयकाबिचमा अघि बढीरहेको छ ।
नेकपा भित्रको विवादले पार्टीको स्थायी कमिटि बैठक समेत पटक–पटक प्रभावित हुदै आएको छ । पार्टिभित्र मंसिरमै महाधिवेशनको चर्चा चलेपनि मंगलबार बसेको स्थायी कमिटि बैठकमा भने यस विषयले प्रबेश नै पाएन । अध्यक्ष द्धयकाबिचमा पटक–पटक वान टु वान बार्ता भए पनि कुनै निष्कर्षमा पुग्न सकेनन् । यता महाधिबेशनको ओली कार्ड पछि दाहाल पक्षकै नेपाल उनिप्रति आक्रोशित र शसंकित बनेका छन् । अध्यक्ष द्धय मात्रै नभई दुबै खेमाका दोस्रो बरीयताका नेताहरुले पनि समाधान निकाल्न जति प्रयास गरेपनि सबै निरर्थक नै बनेका थिए । तर नेकपा नेताहरुले भने हालको समस्या छिट्टै समाधान हुने बताउन भने छाडेका छैनन । शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीको प्रस्तावको दाहालले मौन समर्थन जनाए पनि आफ्नो समूहका नेताहरुलाई भने अन्यौलमा नै राख्ने काम गरे । दाहाल अहिले न त प्रधानमन्त्री ओलीलाई बाईकट गरेर अघि बढ्ने अवस्थामा छन् नत माधव नेपाललाई चिढ्याउने पक्षमा । उनको यो दोधारे नीतिकै कारण पनि प्रधानमन्त्री ओलीलाई आफु ईतरको गुटसँग खेल्न सहज बनाई दिएको छ ।
प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाइ सचिवालय बैठक लगत्तै राष्ट्रपति कार्यालय शीतल निवास पु¥याएका थिए । उक्त विषयमा नेपाल सहित केही नेताहरुले विरोध गरेपछि दाहालले आइतबार आफ्नो निवासमा नेपाल सहितका नेताहरुलाई आफुलाई परिबन्दमा पारेर शितल निवास लगेको प्रतिक्रिया दिएका थिए । मंगलबार केही बेर बसेको स्थायी कमिटि पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने अध्यक्षलाई झुक्याएर कोहीले नलगेको र उनीं झुक्याएर जाने अध्यक्ष पनि नभएको प्रतिक्रिया दिएका छन् ।
उक्त प्रस्ताबको दाहालको आफ्नै समूहका नेताहरुले चर्को विरोध गरेपछि उनले आइतबार आफु निकटका नेताहरुसंग अध्यक्ष ओलीले अघि सारेको महाधिवेशनको पक्षमा आफु सहमत नभएको भनी ब्रिफिक गर्नु परेको थियो । यहीबिचमा जनताको बहुदलिय जनवाद सहित महाधिबेशनमा जानुपर्ने प्रधानमन्त्री ओलीको सर्तले त झन् दाहाललाई बोक्नु न टोक्नुको अवस्था श्रृजना गरीदिएको छ । तर पनि पछिल्लो नेकपा भित्रको घटनाक्रमलाई हेर्ने हो भने दाहाल अध्यक्ष ओलीसँगै मिलेर अघि बढ्ने मनस्थितीमा पुगेको स्पष्ट हुन्छ । कारण आउँदो महाधिबेशनमा अध्यक्ष पदका लागि हुने लडाई भनेकै बरिष्ठ नेता माधव नेपालसँग भएकाले पनि उनि नेकपाको एकल अध्यक्ष भई पार्टी संचालन गर्न आत्तुर रहेको देखिन्छ । अनेक प्रपञ्च रची सत्ता टिकाउन माहिर प्रधानमन्त्री ओलीलाई पनि महाधिबेशनको अस्त्र लाभदायक हुने पक्का पक्की छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेताहरुमै अलमल
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्