कोरोना संक्रमण घट्यो, पछिल्लो २४ घण्टामा संक्रमणभन्दा डिस्चार्ज संख्या बढी
 
	
				
			काठमाडौं । नेपालमा शुक्रबार थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँ उपत्यकामा ४२ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ सय १८ सहित कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६ सय ४९ जना पुगेको छ । शुक्रबार १ सय २० जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ८ हजार ११ पुगेको छ ।
विगत २४ घण्टामा २५ वटा प्रयोगशालाबाट ४ हजार ८ सय ६ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २३ हजार ९ सय १० जना रहेका छन् भने आइसोलेसनमा ८ हजार ६ सय ३ रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेपनि देशभर संक्रमितको संख्या घटिरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई
- २संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- ३राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ४वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ५राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

 
                                                         
				 
				 
				 
				 
				 
				

तपाईको कमेन्ट लेख्नुहोस्