कोरोना संक्रमण तीब्र गतिमा, एकै दिन ६ सय ७१ जना संक्रमित फेला
काठमाडौं । नेपालमा विहीबार थप ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमा ८० महिला र ५ सय ९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ । संक्रमितमा भक्तपुर,डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपरासी पूर्व, स्यांजा लगायतका जिल्लाका रहेका छन् ।
यो सँगै नेपालमा कूल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । यस्तै बिहीबारसम्म १ हजार १ सय ८६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा विहीबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनको कोरोना परीक्षणमा पोजेटिभ देखिएको छ ।
त्यस्तै, विहीबार नै कैलालीको लम्कीचुहाकी ४३ वर्षकी महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । टाउकोको चोटका कारण उपचार गराइरहेकी उनको हिजो मृत्यु भएपनि कोरोना परीक्षणको रिपोर्ट भने आज आएको हो । उनको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरसको संक्रमण
ताजा खबर
- १मानवअधिकारलाई राजनीतिबाट अलग्गै राख्नुपर्छः प्रधानन्यायाधीश राउत
- २महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौँः ईश्वर पोखरेल
- ३राजनीति तथा नीति निर्माणको तहमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग
- ४यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्नेछः राजेन्द्र लिङदेन
- ५विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की



तपाईको कमेन्ट लेख्नुहोस्