आज दिनभर पानी पर्ने, यस्तो छ प्रदेशगत मौसमको अवस्था
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको २४ घण्टासम्म नै मुलुकका बिभिन्न भू–भागमा वर्षा हुने पूर्वानुमान गरेको छ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिनभरजसो र राति पनि मुलुकका बिभिन्न भू–भागमा वर्षा हुने महाशाखाले जनाएको छ । अहिले प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का अधिकांश भू–भागमा वर्षा भइरहेको छ । दिउँसोसम्म बाँकी प्रदेशमा पनि वर्षा हुने महाशाखाले जनाएको छ ।
कुन प्रदेशमा मौसमको अवस्था कस्तो ?
यस्तै, शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा पूर्ण बदली हुने सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ । बाँकी भागहरुमा भने मौसममा सामान्य बदली रहनेछ । यता, प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेशमा भने हल्का वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति, प्रदेश २, प्रदेश ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली रहनेछ। यस्तै, प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ को पूर्वी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५को बाँकी भूभागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, प्रविधि, समाचार
ट्याग : #मौसमको अवस्था
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्