१ सय ६६ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो
काठमाडौं । नेपालमा थप १ सय ६६ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बिभिन्न स्थानमा गरिएको परिक्षणमा १ सय ६६ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो संँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो पटक रौटहतका २९ जना, धनुषाका २१ जना, सप्तरीका १२ जना, सर्लाहीका १० जना, पर्साका ५ जना, झापाका ४ जना, तनहुँका १ जना, स्याङ्जाका २ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना, बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, कैलालीका ३ जना, बाजुराका २ जना, कपिलवस्तुका ५ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा एक जना डिस्चार्ज भएसँगै हालसम्म २ सय २० जना निको भएर घर फर्किएका छन् । आज मात्रै मकवानपुरकी एक सुत्केरी महिला डिस्चार्ज भएर घर फर्किएकी हुन् । देशभर क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १९ हजार १ सय ९२ रहेको छ । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ३ सय ४९ पुगेको छ । आइतबारसम्म आरडिटी विधिबाट १ लाख ११ हजार १ सय ९ नमुना परीक्षण गरिएकोमा पिसिआर विधिबाट ६९ हजार ५ सय ८२ स्वाब परीक्षणहरु गरिएको छ ।
थप एक जनाको मृत्यु
कोरोना भाइरसका कारण बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ । शनिबार राति करिब २ बजे ती बालिकाको मृत्यु भएको थियो । बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालमा परिक्षण गरिएको थियो । ८ दिनअघि उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएका उनीहरुको परिवारलाई बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो । त्यहाँ अवस्था जटिल भएपछि १५ गते साँझदेखि आइसोलेसनमा राखिएको ती बालिकाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #१ सय ६६ जनामा कोरोना पोजेटिभ
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्