Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

नेपालमा फेरि ३० जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ४ सय ८७ पुग्यो


काठमाडौं । नेपालमा शुक्रबार बिहानै ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्यावधिक विवरण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भारतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार थप ३० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । उनीहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरवपालिका–६ केसरबाघ चितवनका ७४ वर्षीया पुरुष र ७३ वर्षीय महिला रहेका छन् । यस्तै, नवलपरासी सुस्ता गाउँपलिका–५ र रामग्राम नगरपालिका–३ निवासी ३३ र ३५ वर्षी पुरुष र १५ वर्षीय महिलामा पनि कोरोना देखिएको छ ।

यस्तै, अन्य संक्रमितमा कपिलवस्तुको बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, र ५३ वर्षीय पुरुष तथा ८ वर्षीय बालिका समेत रहेका छन् । यस्तै, सर्लाहीको गोडैता नगरपालिकाका ८, ९, ११, १३ र १४ वर्षीय पुरुष तथा रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५ २७ ३२, ३४, ३४, ३५, ३८, ३८, ३९ वर्षीय पुरुष तथा १८ वषीय युवतीमा पनि संक्रमण पुष्टि भएको मन्त्रालले जनाएको छ । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना पोजेटिभ

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं