Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

मन्त्रिपरिषद निर्णयः निति तथा कार्यक्रम जेठ २ गते


काठमाडौं ३० बैशाख । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते दिउँसो ४ बजे प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा जेठ २ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको छ । मंगलबार बसेको बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ । सरकारको नीति कार्यक्रम आएपछि सरकारले जेठ १५ गते सोही बमोजिम नयाँ आर्थिक बर्षको बजेट सार्वजनिक गर्नेछ । मन्त्रिपरिषद् बैठकमा कोरोना संक्रमणको अवस्था र रोकथामबारे समेत छलफल भएको थियो । राजधानीमा लकडाउन खुकुलो बनाएकोमा प्रधानमन्त्री ओलीले असन्तुष्ट जनाएका छन् ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नीति तथा कार्यक्रम

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं