आजदेखि बजेट अधिबेशन
काठमाडौं २६ बैशाख । आजदेखि संघीय संसद्को छैटौँ अधिवेशन शुरु हुँदैछ । बजेट अधिवेशनका रुपमा समेत लिइने अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । ४ बजे बोलाइएको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट संघीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ । आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिने लगायतका कार्यसूची तय गरिएको छ । यसैबीच कोरोना भाइरसको त्रासका बीच संसदको बर्षे अर्थात बजेट अधिवेशनका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका सवै सांसद, कर्मचारी तथा सुरक्षाकर्मीको स्वाब परिक्षण गरिने भएको छ । बिहीबार २ सय ३ जना सांसदसहित ४ सय ३३ जनाको कोरोना परीक्षण गरिएको छ । प्रतिनिधि सभातर्फका १ सय ७० र राष्ट्रिय सभातर्फका ३३ जना सांसदको परिक्षण गरिएको हो । बाँकी सांसद र कर्मचारीको पनि कोरोना परिक्षण बिहान ८ बजेदेखि संसद भवनमा सुरु भएको छ । बैठकमा कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट देखाएर मात्रै संसद बैठकमा प्रबेश गर्न पाइने छ । राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेकी थिइन ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #बजेट अधिबेशन
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्