देशभर दीप प्रज्जलन, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सम्मान
काठमाडौं २५ बैशाख । कोरोना भाइरसको महामारीले ज्यान गुमाएकाको चीरशान्ति र विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सम्मानमा नेपालभर दीप प्रज्जलन गरिएको छ । सरकारले नै जनतालाई दीप प्रज्जलनका लागि आह्वान गरेको थियो । साँझ ७ बजे निर्धारित समयमा राजधानी लगायत देशभर मानिसले घर घरमा दीप प्रज्जलन गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा पनि प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नीले विभिन्न भिक्षुहरुको उपस्थितिमा दीप प्रज्जवलन गरेका थिए । बुद्ध जयन्तीको अवसर पारेर सरकारले दिप प्रज्वलनको आह्वान गरेको थियो । बुद्ध जयन्तीका दिन सार्वजनिक बिदा दिँइदै आएकामा नेपालमा जारी लकडाउनका कारण कुनै कार्यक्रम हुन सकेनन् । कोरोना भाइरस संक्रमणका कारण विश्वभर सयौँ स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले ज्यान गुमाएका छन । विश्वभर हालसम्म कोरोना भाइरसका कारण करिब २ लाख ६६ हजारको ज्यान गइसकेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #दीप प्रज्जलन
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्