अमेरिकामा एकै दिन २४ सयको मुत्यु
काठमाडौं १७ बैशाख । अमेरिकामा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ हजार ४ सय ५६ जनाको ज्यान गएको छ । पछिल्लो समय मृत्यु र संक्रमण दर कम भएको भन्दै लकडाउन खुकुलो पार्ने तयारीमा रहेकाबेला एकाएक ठूलो संख्यामा मान्छे हताहत भएका हुन् । पछिल्लो समय एकाएक २५ हजार भन्दा बढी संक्रमित पनि थपिएका छन् । योसहित अमेरिकामा मृत्यु हुनेको संख्या करिब ६० हजार पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा बेलायतमा ५ सय ८६ जनाको मृत्यु भएको छ भने ब्राजिलमा पनि ५ सय २० जनाले ज्यान गुमाएका छन् । यस्तै, इटालीमा ३ सय ८२, फ्रान्समा ३ सय ६७, स्पेनमा ३ सय १ र जर्मनीमा १ सय ८८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो तथ्याङ्कसंगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १८ हजार पुगेको छ । यस्तै, ३१ लाख ३९ हजार भन्दा बढी संक्रमित भएका छन् । उपचारपछि निको भएर घर फर्किनेहरु ९ लाख ५६ हजार पुगेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #अमेरिकामा कोरोना संक्रमण
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्