अमेरिकामा एकै दिन २४ सयको मुत्यु
काठमाडौं १७ बैशाख । अमेरिकामा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ हजार ४ सय ५६ जनाको ज्यान गएको छ । पछिल्लो समय मृत्यु र संक्रमण दर कम भएको भन्दै लकडाउन खुकुलो पार्ने तयारीमा रहेकाबेला एकाएक ठूलो संख्यामा मान्छे हताहत भएका हुन् । पछिल्लो समय एकाएक २५ हजार भन्दा बढी संक्रमित पनि थपिएका छन् । योसहित अमेरिकामा मृत्यु हुनेको संख्या करिब ६० हजार पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा बेलायतमा ५ सय ८६ जनाको मृत्यु भएको छ भने ब्राजिलमा पनि ५ सय २० जनाले ज्यान गुमाएका छन् । यस्तै, इटालीमा ३ सय ८२, फ्रान्समा ३ सय ६७, स्पेनमा ३ सय १ र जर्मनीमा १ सय ८८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो तथ्याङ्कसंगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १८ हजार पुगेको छ । यस्तै, ३१ लाख ३९ हजार भन्दा बढी संक्रमित भएका छन् । उपचारपछि निको भएर घर फर्किनेहरु ९ लाख ५६ हजार पुगेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #अमेरिकामा कोरोना संक्रमण
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्