नेकपा सचिवालय बैठकले साम्य पार्ला त बिबाद ?
काठमाडौं १६ बैशाख । सत्तारुढ दल नेकपाभित्र आन्तरिक द्वन्द्व उत्कर्षमामा पुगेका बेला आज सचिवालय बैठक बोलाइएको छ । पाटीमा एकपछि अर्को गुटगत भेला बस्न थालेपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् । सोमबार दिनभर प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको छलफलपछि सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठकमा नेताहरुले आ–आफ्नो एजेण्डा र सरकारको कामकारवाहीमा प्रश्न उठाउने तयारी गरिरहेका छन् । शिर्ष नेताहरु नै प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्प खोज्न थालेपछि नेकपाको बिबाद सतहमा पुगेको छ । तर, ओलीपक्षधर नेताहरु भने प्रधानमन्त्री ओलीको बचाउ गर्ने तयारीमा जुटेका छन् । सम्भवत् आजको बैठकले स्थायी कमिटि बैठकको मिति तोक्ने बताइएको छ । पछिल्लो समय माधव नेपालको प्रधानमन्त्री ओलीसंग संवाद बाक्लिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल र बामदेव गौतम झस्किएका छन् । कोटेश्वरमा नेपाल र ओली समूहबीच वार्ता चलिरहँदा खुमलटारमा दिनभर अध्यक्ष दाहाल, खनाल र गौतम पनि छलफलमा जुटेका थिए । नेकपामा ओलीमाथि पार्टी अध्यक्ष र प्रधानमन्त्री पद दुवै छोड्न दबाब परेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा सचिवालय
ताजा खबर
- १गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- २ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ३समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने
- ४जेलबाट भाग्ने राजनीतिक अगुवा भए, सरकारले निष्पक्ष निर्वाचन गराउँदैनः केपी शर्मा ओली
- ५आफ्नो निवासमा आएका नेताहरूलाई देउवाले भने–पार्टी नफुटोस् भन्ने चाहन्छु



तपाईको कमेन्ट लेख्नुहोस्