लकडाउन थपिने निश्चित, कति दिन थप्ने भन्ने निर्णय मन्त्रीपरिषदले गर्ने
काठमाडौं १३ बैशाख । उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस संक्रमण लकडाउनकै कारण फैलन नपाएको निष्कर्ष निकालेको छ । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै लकडाउनको म्याद थप्नुपर्ने भन्दै कति दिन थप्ने भन्ने निर्णय मन्त्रीपरिषदलाई जिम्मा दिएको छ । लकडाउन थप्नेबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ । प्रनमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन निर्देशन दिएपछि उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने बताएको छ । काठमाडौं कोरोनामुक्त भइसकेको छ भने उपचारपछि ११ जना घर फर्किसकेका छन् । अहिलेसम्म ४९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । सबैभन्दा बढी उदयपुरमा संत्रक्रमण देखिएको छ । तेस्रो चरणमा कोरोना संक्रमण देखिएको उदयपुरलाई शिल गरिएको छ । अन्य जिल्लामा फैलन नदिन लकडाउन थप्नैपर्ने निष्कर्ष निकालेको हो । यसैबीच कोरोना भाइरस कोभिड—१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । मे १५ तारिख अर्थात जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यसअघि अप्रिल ३० सम्म उडानहरु बन्द थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #लकडाउन थप्ने
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्