कोरोना संक्रमित उदयपुर र भोजपुरमा मुख्यमन्त्री सहितको टोली
काठमाडौं १३ बैशाख । कोरोना भाइरसको संक्रमण देखिएको उदयपुर र भोजपुरमा मुख्यमन्त्री शेरधन राईको टोली पुगेको छ । कोरोना संक्रमणको इपिसेन्टर बनेको उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के र एक जना संक्रमित देखिएको भोजपुरको हतुवागढीमा प्रदेश १ का मुख्यमन्त्री सहितको एक टोली हेलिकप्टर मार्फत पुगेको हो । नेपाली सेनाको हेलिकप्टरमार्फत मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे , कानून तथा गृहमन्त्री हिक्मत कार्की र डाक्टरहरुको टोली ती क्षेत्रमा पुगेको हो । हतुवागढी मुख्यमन्त्री राईको निर्वाचन क्षेत्र पनि हो । हतुवागढी गाँउपालिका वडा नम्बर ६ का संक्रमित युवालाई जिल्ला अस्पताल भोजपुरको एम्बुलेन्समा राखि एक घण्टा अगाडी मात्र बिराटनगरको कोशी अञ्चल अस्पतालमा ल्याइएको छ । शुक्रबार ती युवाको नजिक भएका ७ जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको थियो । किटको अभावले १४ जनालाई पिसिआर टेष्टको लागि वीपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ । ती १४ जना संक्रमित युवाको धेरै नजिक भएका व्यक्तिहरु हुन् । मुख्यमन्त्री सहित हतुवागढी थप स्वास्थ्य सामाग्री र टेष्ट किट लगिएको छ । टेष्ट किट आएपछि सो वडाका थप व्यक्तिहरुमा टेष्ट गरिने छ । हिजोमात्रै ८० भन्दा बढीको लिष्ट तयार गरिएको छ । संभावित खतराबाट बच्न सकेसम्म धेरैको टेष्ट गरिने गाँउपालिका कार्यालयले जनाएको छ । २६ बर्षीय युवामा संक्रमण देखिएपछि वडा नम्बर ६ पूर्णरुपमा सिल गरिएको छ । अन्य वडाका नाका पनि बन्द गरि आवतजावतमा पूर्ण प्रतिवन्ध लगाइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #कोरोना संक्रमित उदयपुर र भोजपुरमा
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्